Thursday, March 6, 2014

गजल: होली खेलौं रमाएर

आदरणीय साहित्यिक मनहरु, मुहारपुस्तिकामा आबध्द मित्रहरु तथा संपूर्ण रंगप्रेमी जनहरुमा रंगीन पर्व होली - २०७० को हार्दिक मंगलमय शुभकामना सहित यो साहित्यक भेट:

रंगै रंगको पर्व होली खेलौ रमाएर
खुशी बाँडौं एक-अर्काको हात समाएर।।

सधैभरी आउँदैन रमाइलो दिन
राखौं आज नबिर्सने दिन बनाएर।।

खुकुलिन लागिसक्यो संबन्धको गाँठो
कसौं फेरी होली खेली खुशी मनाएर।।

इष्टमित्र साथीभाई सबै भई जम्मा
भिजौं हामी मायारुपी रंग खन्याएर।।

सप्तरंगी इन्द्रेणी झै बनौं हामी पनि
राम्रो काम गरी आफ्नो नाम रंगाएर।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...