Wednesday, March 26, 2014

गजल ७१

देश रुँदा सबको मन रोला त्यतिबेला
राष्ट्रियता पहिचान होला त्यतिबेला।।

राष्ट्र भन्दा आफ्नो स्वार्थ हेर्दा यति खेर
दागै दाग लागे कस्ले धोला त्यतिबेला।।

स्वर्ग भन्दा प्यारो हुन्छ आफ्नो जन्मभुमी
गुमेपछी बल्ल मन  छोला  त्यतिबेला।।

मातृभूमी मेरो तेरो गर्दा भागबन्डा
बिदेशिनु पर्ला बोकी झोला त्यतिबेला।।

आफु भन्दा देश ठूलो भन्ने सोंच आए
बल्ल फेर्ला यो देशले चोला त्यतिबेला।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...