Saturday, March 8, 2014

गजल: नारी

इतिहासमा लेखिएको गाथाको जीत हो नारी
सदभाव बनाई राख्ने सबैको हित हो नारी।।

धर्तीलाई भिजाएर सिर्जनामा रमाइदिने
सृष्टीलाई जोगाई राख्ने एउटा रीत हो नारी।।

हाँसो खुशी र मायाले बनेको सुमधुर  धून
संगीतले भरिएको तरङ्गीत गीत हो नारी।।

गाँसेर प्रेमरूपी माला सजाएर सबै तिर
एउटै शूत्रमा  बाँधने सबैको मीत हो नारी।।

निभाएर मनका ज्वाला, प्रेमको सागर बनी
प्रचण्ड गर्मीका दिन छहारीको शीत हो नारी।।

बाँडेर मनको खुशी, प्रेमको भाव जगाएर
सबैको मनमा छाउने लजालु प्रीत हो नारी।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...