२५ बर्ष बिते तिमी र म एउटै यात्रामा जुटेको
न मैले थाकेको अनुभव गरेकी छु न तिमी थाक्यौ
कस्तो संयोग हाम्रो यात्राको
रमणीय यात्रामा स्मरणीय संझनाहरुको कोसेली
अलिकति तिमीले बोकेका छौ, अलिकति मैले बोकेकी छु
न तिमीलाई भारी न मलाई भारी भएको छ।
कति सहज बनेको छ हाम्रो यात्रा
न भारी बिसाउने झंझट न थकाई मार्ने आवश्यकता
अनवरत हाम्रो यात्रामा
कहिले काहीं सामान्य ठेस लागे पनि
गहिरो चोट सहनु परेको छैन
न यो यात्रामा हामी आत्तिएका छौं
उकाली ओराली जस्तोसुकै पथमा पनि
यी हाम्रा पाइला एकनासले चलिरहनेछन् अनन्त अनन्त सम्म
यात्रा नटुङ्गिए सम्म।
[नेपालीपोष्ट.कम मा प्रकाशित]
Friday, June 12, 2009
Subscribe to:
Posts (Atom)
ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...

-
तिमीलाई तिर्खा लागे मेरो घाँटी सुक्छ बाबु तिमीलाई भोक लागे मेरो गाँस रुक्छ बाबु।। पढी गुनी ज्ञानी बनी फर्क आफ्नै देश संझी तिमी टाढा हुँ...
-
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...
-
देश रुँदा सबको मन रोला त्यतिबेला राष्ट्रियता पहिचान होला त्यतिबेला।। राष्ट्र भन्दा आफ्नो स्वार्थ हेर्दा यति खेर दागै दाग लागे कस्ले धोल...
