Thursday, June 14, 2012

गजल ५३

कति  सम्म सहनु र हुन पनि  अति भयो
धेरै जसो नेतासित  बिग्रिएको मति भयो।।

बनेन खै संबिधान चार बर्ष कुर्दा पनि
झगडामै बिते दिन न त सहमति भयो।।

ठप्प भयो देश  हेर जताततै बन्द मात्र
दाजु भाइ लड्दा खेरी आज यस्तो  गति भयो।।

यति सानो देशलाई टुक्रै टुक्रा पारौं भन्दै
सद्‍‍‍‍‍भाव नै बिथोलेर  हुनसम्म खति भयो।।

जति संझ्यो उति डाहा अझ बढी हुने रैछ
आगो माथी बसे जस्तै  मन भतभति भयो।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...