Tuesday, April 23, 2013

तिमी र म

तिम्रो जीवनको ‘म’ र मेरो जीवनको ‘तिमी’
हाम्रो प्राप्तिसँगैको अनुभुति
जीवनका भोगाईसँगै गरेका अनगिन्ति यात्राहरु
कति सहज भए, कति असहज
कति मिठा भए, कति तीता
तर पनि पथप्रदर्शक बनेका छन् हरेक पलहरु।

तिमी उस्तै म उस्तै तर पनि फरक
उही ठाउँ उही परिवेश तर पनि बेग्लै
समयको अन्तरालसँगै आएको यो परिवर्तनले
तिमी र मलाई अझ परिपक्व पारेको छ,
तिमीले मलाई र मैले तिमीलाई दिएका
वाचा वन्धन खुकुलिदै गएपनि
तिमीले मलाई हेर्ने र मैले तिमीलाई हेर्ने
दृष्टिकोण उस्तै छ।

कहिले तिमीले भनेका र मैले सुनेका
कहिले मैले भनेका र तिमीले सुनेका
विगतका अनेकौं जीवनगाथाहरु र मनका व्यथाहरु
साटासाट गर्दाको क्षण,
कहिले भविष्यको सपना बुन्दै तिमी र म रमाएका दिन
कति सहज बने, कति असहज बने
कति पुरा भए, कति बाँकी छन्
तर पनि जीवन पूर्ण भएको छ
तिम्रो र मेरो माया गाडा भएको छ।


Sunday, April 21, 2013

गजल ६६

तिमी भित्रै बुद्ध देख्छु तिमी भित्रै राम
स्वच्छ तिम्रो ह्रदयमा छैन छलछाम।।

जुर्‍यो तिम्रो साथ मेरो बन्यौ यौटै अंग                                                        
जोडे पछी नाता हाम्रो भयो नौलो नाम।।                                        

बिचलित हुँदा सधै हुन्छौ मेरो बल
गर्मी हँदा छायाँ दिन्छौ जाडो हँदा घाम।।

जहाँ जहाँ तिमी गयौ त्यहीं रम्यो मन
तिर्थ जस्तै तिम्रो मन बन्यो मेरो धाम।।

जीवनको कमाइ हो विश्वास र माया
यी दुइटा प्राप्त गर्न छैन धनको काम।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...