Thursday, May 16, 2013

गजल ६७

भरी थियो तिम्रो माया खाली भयो आज
हिजो सम्म मिठो बोली गाली भयो आज।।

सातै जुनी संगै हौंला भन्थ्यौ कुनै दिन
एकै जुनी काट्न माया जाली भयो आज।।

के थियो र कसूर भन तिमीलाई बिझ्यो
यति चोखो माया पनि फाली भयो आज।।

इष्ट मित्र सबै भन्थे ढुकुरको जोडी
हेर्दा हेर्दै शत्रुलाई ताली भयो आज।।

आँधीबेरी असिनामा तिमीसंगै झुलें
छोड्यौ साथ लाछिएको डाली भयो आज।।

Thursday, May 9, 2013

श्रध्दा सुमन मेरी आमालाई

आज आमाको मुख हेर्ने दिन अर्थात आमाको विषेश सम्मान गर्ने दिन। मेरी आमा मेरो साथमा हुनुहुन्न तर उहाँले दिनुभएको माया र उहाँको संझना मेरो ह्रदयमा ताजै छ। आजको यो पवित्र दिनमा मेरी स्वर्गवासी आमामा समर्पित यो श्रध्दा सुमन: र ममताकी खानी संपूर्ण आमाहरुलाई हार्दिक मंगलमय शुभकामना!!!

हे मेरी आमा कहाँ छौ तिमी आउँछ झझल्को
बिर्सन कैले सक्थें र आमा याद छ पल पलको।।

न छाड्यौ कर्म संझेर धर्म कर्तब्य भुलिनौ
गरिनौ आशा कहिल्यै पनि पाउने फलको।।

देख्दथे सधै हँसिलो मुहार कर्ममा जुटेको
संझन्थ्यौ उर्जा सन्तानलाई त्यो तिम्रो बलको।।

हेरेर फोटो चढाएँ फूल श्रध्दाले तिमीलाई
जलधारा दिएँ अंजुली भरी पवित्र जलको।।

जहाँ छौ तिमी पाउने छ्यौ शान्ति गर्दछु कामना
अर्पण गरें यो श्रध्दा सुमन पृथ्वी तलको।।


ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...