Friday, October 28, 2011

दाजुको संझना

मेरा श्रध्देय दाजु स्व. हिरेन्द्र राज पन्तमा समर्पित

हेर्छु सधैं नभमा उदायौ कि भनेर
देख्दिन बित्छ रात ताराहरु गनेर।।

नफर्कने गरी गयौ भेट्नै सकिन कैले
तिम्रो नियास्रो मेट्न अझै सकिन मैले।।

उनु कि माला भन्छु फेरी झसङ्ग हुन्छु
छैनौ तिमी भनेर संझेर आफै रुन्छु।।

आउँछ याद संगै बसी टिका लगा'को
रोटी मिठाई फलले भरेर थाली सजा'को।।

रहेनौ साथ हाम्रो संझेर मन बुझाएँ
हेरेर फोटो तिम्रो टिका र फूल चढाएँ।।

उनें ति शब्दहरुलाई माया पनि मिसाई
अर्पण गरें यो माला श्रध्दा सुमन तिमीलाई।।


ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...