Monday, September 26, 2011

गजल ४२

यो मुटु मेरो चर्केको चर्क्यै गरेको किन हो !
टेकेको धर्ती थर्केको थर्क्यै गरेको किन हो !

चाडको बेला खसेछ हेर जहाज बुद्ध त्यो
यो दु:ख पनि फर्केको फर्क्यै गरेको किन हो !

लाग्दथ्यो घाम आश्विन मास: दशैंको बेलामा
अझै नि पानी दर्केको दर्क्यै गरेको किन हो !

आए नि हुन्थ्यो अब त शान्ति यो तप भूमीमा
खुशीका दिन तर्केको तर्क्यै गरेको किन हो !

सत्यको हार हुँदैन भन्थे  देख्दैछु अनौठो
असत्य चाहीं लर्केको लर्क्यै गरेको किन हो !

Friday, September 23, 2011

गजल ४१

छाडी गयौ परदेशी माया लाउनु  ब्यर्थ भयो
ह्रदयमा आफ्नो भनी सजाउनु  ब्यर्थ भयो।।

आफ्नै मान्छे होला भनी टाढा हुन नदिएर
आँखा भित्र  लुकाएर राख्नु पनि ब्यर्थ भयो।।

दिन बिते बर्ष बिते भेट हुन्छ भन्दा भन्दै
निष्ठुरीलाई आफ्नो  मन फुकाउनु ब्यर्थ भयो।।

सधैभरी तिम्रो खुशी हेर्न पाउँ भनीकन
मंदिरमा गई शीर झुकाउनु ब्यर्थ भयो।।

सर्बस्व हौ तिमी भन्दै कति माया गरिरहें
दुख पीर पर्ला भनी मन दुखाउनु ब्यर्थ भयो।।

Sunday, September 4, 2011

गजल ४०

हराएँ है  म त यतै नरिसाउ है सानु
न्यानो हाम्रो सम्बन्धलाई नचिस्याउ है सानु।।

बाध्यताले भेटघाट पातलिदै गयो
यसमा फेरी तिम्रो घुर्की नमिसाउ है सानु।।

नियास्रेकी म पनि छु टाढा भई बस्दा
मनको बह पोखें मैले नखिस्याउ  है सानु।।

सदभाव तिम्रो पाइरहुँ स्वास रहुन्जेल
जिस्किएको ठानी माया नबिसाउ है सानु।।

साँचो कुरा भने मैले ख्याल गरेको हैन
साथी माझ दु:ख बाँडे  नजिस्क्याउ है सानु।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...