Monday, September 26, 2011

गजल ४२

यो मुटु मेरो चर्केको चर्क्यै गरेको किन हो !
टेकेको धर्ती थर्केको थर्क्यै गरेको किन हो !

चाडको बेला खसेछ हेर जहाज बुद्ध त्यो
यो दु:ख पनि फर्केको फर्क्यै गरेको किन हो !

लाग्दथ्यो घाम आश्विन मास: दशैंको बेलामा
अझै नि पानी दर्केको दर्क्यै गरेको किन हो !

आए नि हुन्थ्यो अब त शान्ति यो तप भूमीमा
खुशीका दिन तर्केको तर्क्यै गरेको किन हो !

सत्यको हार हुँदैन भन्थे  देख्दैछु अनौठो
असत्य चाहीं लर्केको लर्क्यै गरेको किन हो !

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...