Tuesday, July 31, 2012

गजल ५५

चलिरहे पाइला यी  जति पीडा भए पनि
सकिएन लक्ष भेट्न पानी जस्तै बहे पनि ।।

जिन्दगीका तिता मिठा कथाहरू कति कति
रित्तिएन  अरुसंग जतिसुकै कहे पनि।।

निको हुन्न भित्री घाऊ मलहम पट्टी बाँधी
रोकिएन अश्रु धारा सयौं चोट सहे पनि।।

छैन कुनै गुनासो र भन्नु पर्ने अरु कुरा
यस्तै चल्छ जिन्दगी यो भित्र तुष रहे पनि।।

जस्तो गरें जे जे गरें सकेसम्म राम्रै गरें
चिन्ता छैन अब भने प्राण उँडी गए पनि।।

Tuesday, July 3, 2012

गजल ५४

कस्तो होला यो देशमा शान्ति आ'को दिन
देख्न मन् छ बिजयको गीत गा'को दिन।।

भाग बण्डा तेरो मेरो तुच्छ कुरा त्यागी
दाजु भाइ दिदी बैनी भेला भा'को दिन।।

कोल्टे फेर्थ्यो यो देशले आउँथ्यो की कान्ती
युवा सबै एक जुट हुन पा'को दिन।।

युध्द गर्नु घात रैछ भयो धेरै खती
यही कुरा बुझी सब् ले कसम खा'को दिन।।

स्वर्ग जस्तै हुन्थ्यो होला हिमाल त्यो हाँस्थ्यो
नेपालीले चाहे जस्तै शान्ति छा'को दिन।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...