Tuesday, July 31, 2012

गजल ५५

चलिरहे पाइला यी  जति पीडा भए पनि
सकिएन लक्ष भेट्न पानी जस्तै बहे पनि ।।

जिन्दगीका तिता मिठा कथाहरू कति कति
रित्तिएन  अरुसंग जतिसुकै कहे पनि।।

निको हुन्न भित्री घाऊ मलहम पट्टी बाँधी
रोकिएन अश्रु धारा सयौं चोट सहे पनि।।

छैन कुनै गुनासो र भन्नु पर्ने अरु कुरा
यस्तै चल्छ जिन्दगी यो भित्र तुष रहे पनि।।

जस्तो गरें जे जे गरें सकेसम्म राम्रै गरें
चिन्ता छैन अब भने प्राण उँडी गए पनि।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...