Tuesday, June 25, 2013

गजल

लौ त नेता अब चाहीं चुनाबमा जुट्नुहोस्
खल्ती रित्तो भयो होला सबैसंग लुट्नुहोस्।।

झुट्टा आश्वासन भरी पर्चा अनि प्रचारको
बिरोध भए कतैबाट गुण्डा ल्याई चुट्नुहोस्।।

जनताको मन जित्न सकिएन जस्तो लागे
केही छैन बन्दुकले सके जति भुट्नुहोस्।।

सिधा साधा जनतालाई अझै पनि झुक्याउन
भए जति गल्तीलाई भषणले खुट्नुहोस्।।

चुनाब नै बिथोल्दिने कुनै नयाँ खेल भए
मैदानमा उत्रिएर खेल खेल्न नछुट्नुहोस्।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...