Saturday, August 18, 2012

गजल ५६

ढुक्क हुन्छ मेरो मन तिमी साथ हुँदा
नत्र आँशु पुछिदिने कोही छैन रुँदा।।

सबै भन्दा लाग्छ बढी तिम्रो नै भरोसा
निको हुन्छ पीडा पनि तिमी आई छुँदा।।

तिमी भए रमाउँछु जहाँ गए पनि
हराउँछ  सबै दु:ख त्यो मायाले धुँदा।।

मायाले नै अडेकोछ यो जगत सारा
रुन्छन् कति हित मिल्ने साथी नपाउँदा।।

जन्म हुन्छ एक्लै अनि मर्नु पर्छ एक्लै
तर सबै बिर्सन्छु म तिमी छेउ आउँदा।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...