Tuesday, February 14, 2012

गजल ४७

प्रेम दिवसको उपलक्षमा उपहार स्वरुप यो गजल संपूर्ण साहित्यिक मनहरूमा समर्पित:

त्यो मन संगै भयो यो मन
नजिक हुँदै गयो यो तन।।

नछोडी एक अर्का को साथ
प्रगाढ बन्दै गयो यो  झन।।

भरोसा अनि थियो  विश्वास
भएन कुनै  बाचा  बन्धन।।

जीवन रथ चल्छ हर्दम      
संयम संगै गर्दै मनन।।

पाउँदा साथ बन्दै हर्षित
बन्छु म फूल उ हो चन्दन।।

Wednesday, February 1, 2012

गजल ४६

धेरै लामो अन्तराल पछी यो सानो कोसेली लिएर यहाँहरु सामु आएकी छु। आशा छ सबैले साथ दिनुहुनेछ। धन्यबाद।

यति राम्रो ढकमक फुलेको यो बाग
छिन्न भिन्न पारी आज नलगाउँ भाग।।

सबै जात जाती मिली बसेका हौं हामी
छुट्टै राज्य खडा गर्ने नराखौं न माग।।

भाइ फुटे गवाँर लुटे भन्थे बुढा पाका
त्यस्तै होला मन भित्र राखे रीस राग।।

एक ढिक्का बन्नु पर्छ सबै मिलीकन
यो देशको रक्षा गर्न लौन सबै जाग।।

पुण्य क्षेत्र हो यो  हाम्रो प्यारो जन्मभूमी
यो धर्तीको ऋण तिर्न अब  गरौं त्याग।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...