Sunday, September 9, 2012

गजल ५८

तिम्रो जीत हुन्छ भने हारे पनि खुशी हुन्छु
आँखाबाट जति आँशु झारे पनि खुशी हुन्छु।।

जिन्दगीको गोरेटोमा धेरै छायाँ भेटें मैले
अब भने जति घाम पारे पनि खुशी हुन्छु।।

ती अप्ठेरा मोडहरु पार गर्दा साथ दियौ
भन्दिन भो, सबै दु:ख सारे पनि खुशी हुन्छु।।

नयनमा  तिमीलाई लुकाएर राखेकी छु
भित्र पस्ने सबै गौंडा बारे पनि खुशी हुन्छु।।

दिन त के सकें मैले गुन मात्र लायौ तिम्ले
तर अब बचनले मारे पनि खुशी हुन्छु।

Tuesday, September 4, 2012

गजल ५७

सातै जन्म हुनु है त तिमी साथ मेरो
अप्ठेरोमा परें  भने थाम्नु हात मेरो।।

जुनी जुनी बाँच्छ माया समर्पण भए
साँच्चै हो यो तिमी पनि मान बात मेरो।।

जे जे भन्छु त्यहि मान्छौ बिमती नै छैन
पुरा गर्न खोज्छौ सधै जे छ चाहत मेरो।।

झर्न दिन्नौ परेलीमा एक थोपा आँशु
भन्छौ दिन्छु सबै खुशी हुन्न  घात मेरो।।

सातै जन्म हुनु है त तिमी साथ मेरो
अप्ठेरोमा परें  भने थाम  हात मेरो।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...