Sunday, September 9, 2012

गजल ५८

तिम्रो जीत हुन्छ भने हारे पनि खुशी हुन्छु
आँखाबाट जति आँशु झारे पनि खुशी हुन्छु।।

जिन्दगीको गोरेटोमा धेरै छायाँ भेटें मैले
अब भने जति घाम पारे पनि खुशी हुन्छु।।

ती अप्ठेरा मोडहरु पार गर्दा साथ दियौ
भन्दिन भो, सबै दु:ख सारे पनि खुशी हुन्छु।।

नयनमा  तिमीलाई लुकाएर राखेकी छु
भित्र पस्ने सबै गौंडा बारे पनि खुशी हुन्छु।।

दिन त के सकें मैले गुन मात्र लायौ तिम्ले
तर अब बचनले मारे पनि खुशी हुन्छु।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...