धेरै पटक तिमीसंग टाढा भई बसेकी छु
तिमीलाई कुर्दा कुर्दै झकाएर खसेकी छु।।
यस्तै त हो जीवन सधै साथ कहाँ हुन्छ भन्दै
खुशिहरू समेटेर मुटु भित्र कसेकी छु।।
जीवनको कठिन पलमा तिम्रो साथ नपाउंदा
झमेलामा त्यसै पनि फँसेकी छु।।
तर पनि बाच्ने रहर मेटिएको छैन मेरो
केही छैन तिमी आउने भरोसामा बँचेकी छु।।
पाइला पाइला सफलता र खुशिहरु छाउन भनी
तिम्रो साथ बिताउन मिठो संगीत रचेकी छु।।