Monday, August 29, 2011

तीजको गीत

महिलाहरुको विशेष चाड तीजको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदी बहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना!!!

जान्न म त माइतीघर दर खान आज भो
छैन छड्के तिलहरी जानै लाज भो।।

दिदी बहिनी गए होलान झल्कने सारीमा
आफु भने घाँस काट्दैछु भित्री बारीमा।।

सबै लाउँछन् सूनको बाला पाउजु र तिलहरी
आफु भने सधेभरी ललिबिलरी।।

गएछ नि भावीले दु:खै दु:ख लेखेर
रुनु होला आमा मेरो दु:ख देखेर।।

नजाउँ भने दु:ख मान्लान आइन चेली भनेर
आमा पर्खी बस्नु होला बाटो हेरेर।।

जे सुकै होस् लाउँछु सारी आफ्ने औकात हेरेर
फजुल खर्च गर्दिन भो नक्कल गरेर।।

मनाउँ तिज सबै मिली संस्कृती यो जोगाउन
सहज बनाउँ यो पर्वमा सबै अटाउन।।

गर्नु हुन्न गहना र कपडाको प्रदर्शन
यस्तो गर्दा चाडबाडको घट्छ आकर्षण।।

Monday, August 22, 2011

गजल ३९

काँडा बिच फुल्छ गुलाब तर सधै हाँसेको छ
फक्रिएको यौवन लिई उसकै साथ बाँचेको छ।।

देखिन्न खै निरास ऊ पीडा साथ भएपनि
काँडासंग पनि उस्तै मिठो माया गाँसेको छ।।

सदभाव भए  सबैलाई आफ्नै हीत देखिन्छ रे
माया गरी गरी उसले बैरभाव मासेको छ।।

आँखिर भोली झर्नै पर्छ अजम्बरी को छ यहाँ
सबैलाई सुख बाँडी आफ्नो दु:ख नासेको छ।।

सिकौं हामी पनि उसको जिउने कला कति राम्रो
दु:ख संग प्रीत गाँसी खुशीहरु साँचेको छ।।

Thursday, August 11, 2011

गजल ३८

धोती चोलो दौरा सुरुवाल लाको भए आह!!
देशकै पहिरन लगाएर गाको भए आहा!।।

कति खुशी हुन्थ्यौ मन सबलाई उस्तै देख्दा
यो देशको गौरब बढन पाको भए आहा!।।

स्कूल कलेज कार्यालय सबको पहिरन राख्न
आफ्नै घरेलुको रोजाई भाको भए आहा!।।

स्वदेशकै उध्योगले कति काम पाउँथ्यो
सबको मनमा देशप्रेम छाको भए आहा!।।

सबै भन्दा ठूलो कुरा सोंच राम्रो हुनु पर्छ
गाह्रो केही हुदैनथ्यो सबले धाको भए आहा!।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...