Monday, August 29, 2011

तीजको गीत

महिलाहरुको विशेष चाड तीजको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदी बहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना!!!

जान्न म त माइतीघर दर खान आज भो
छैन छड्के तिलहरी जानै लाज भो।।

दिदी बहिनी गए होलान झल्कने सारीमा
आफु भने घाँस काट्दैछु भित्री बारीमा।।

सबै लाउँछन् सूनको बाला पाउजु र तिलहरी
आफु भने सधेभरी ललिबिलरी।।

गएछ नि भावीले दु:खै दु:ख लेखेर
रुनु होला आमा मेरो दु:ख देखेर।।

नजाउँ भने दु:ख मान्लान आइन चेली भनेर
आमा पर्खी बस्नु होला बाटो हेरेर।।

जे सुकै होस् लाउँछु सारी आफ्ने औकात हेरेर
फजुल खर्च गर्दिन भो नक्कल गरेर।।

मनाउँ तिज सबै मिली संस्कृती यो जोगाउन
सहज बनाउँ यो पर्वमा सबै अटाउन।।

गर्नु हुन्न गहना र कपडाको प्रदर्शन
यस्तो गर्दा चाडबाडको घट्छ आकर्षण।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...