Wednesday, March 31, 2010

फेरी आयो नयाँ बर्ष

सबैको घर दैलोमा,
मन मष्तिष्कमा
र परिवेशमा
सफलता र सुस्वास्थ्यको
कामना गर्दै।
हरेक बर्ष जस्तै
फेरी आयो नयाँ बर्ष।

फूलदानीमा सजाइएको फूल जस्तै
रंगीन सपना बोकेर,
सगरमाथाको चुचुरो छुने सहास बटुलेर
मन भित्र हर्ष र उल्लास भरेर
प्रत्येक बर्ष यसरी नै आउने गर्छ
नयाँ वर्ष।

अभावै अभावले खोक्रिए पनि
काकाकुकलको जस्तै तिर्खा नमेटिए पनि
मृग तष्णा हो यो
केही पाउने आशमा
मनभरी पलाएका खुशीका लहरहरूसंगै लहरिदै
आउने यो नयाँ वर्ष
सधै उस्तै लाग्छ।

डाँडापाखामा फूलेका लालीगुराँसको रंग लिएर
जाईजुई र सुनगाभाको सुगन्ध बटुलेर
सबैको जीवनमा सुवास र रंग छर्ने सपना बोकेर
फेरी आयो नयाँ वर्ष

तर,
यसपालिको नयाँ बर्ष
पहिलेको भन्दा
फरक ढंगले
फरक परिवेशमा
आएको छ
विचारको प्रवाहसंगै
नयाँ संविधानको ठेलीमा
नेपाल र नेपालीको भविष्य लेखेर
नयाँ नेपाल निर्माणको अबधारणा
साकार पार्ने
नयाँ सोंच लिएर
आएको छ नयाँ बर्ष।

स्वागत छ नयाँ वर्ष
विगत जस्तो अन्योल, अशान्ति र तनाव
अभाव, महङ्गी र पीडा
सबै छोडेर
शान्ति, अमन चयन र खुशी
प्रेम, सदभाव र मित्रताको पवित्र भावना बोकेर
आऊ नयाँ बर्ष
स्वागत छ।
हिंसाको अन्त्य गर्दै
भाइचाराको संवन्ध जोडेर
मायाको बीज रोपिदिन,
अपनत्वको भावना जगाई
सुन्दर शान्त नेपालको भविष्यको कामना गर्दै
आऊ नयाँ बर्ष
स्वागत छ।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

Sunday, March 21, 2010

जन्म दिनको शुभकामना !!!

[Dedicated to my lovely son, Aagat Awasthi (on his 22nd Birthday) and to all his age-group-peers, whose birthday is on the 21st March]

तोते बोली बोल्दा बोल्दै ठूलो भयौ तिमी
कहिले बढ्यौ, कहिले पढ्यौ थाहै पाइन केही नी
म चाहन्छु तिमी सधै यसै गरी हाँस
सफलतालाई साथमा लिई सय बर्ष बाँच
फलोस फूलोस जीवन तिम्रो गर्छु यही कामना
जन्म दिनको तिमीलाई धेरै धेरै शुभकामना।

कर्तब्यलाई नभुलेर अधिकार खोज्नु
जीवनलाई सहज पार्ने बाटो आफै रोज्नु
आदर अनि सद्भभाव र माया बाँड्न सके
सहयोगी पाइला तिम्रो सबको लागी बढे।
चाहना छ मेरो यही गर्छु सधै कामना
जन्म दिनको तिमीलाई धेरै धेरै शुभकामना।

ज्ञान गुण विवेक हो मानिसको धन
यो धन नभई कहिले पनि पूर्ण हुन्न जन्म
नम्र मिजास मीठो बोली थप्न सके अझ
जीवन सधै सहज होला हुन्न कहिले बोझ
सफल होस् जीवन तिम्रो गर्छु यही कामना
जन्म दिनको तिमीलाई धैरै धेरै शुभकामना।

अध्ययन र मेहनतलाई मूल मन्त्र मानी
अघि बढ सधै तिमी बन धेरै ज्ञानी
तिम्रो जीवन सफल हुन्छ भन्छ मेरो मन
कूललाई उज्वल पार्ने कूलदीप बन
पूर्ण होस् जीवन तिम्रो गर्छु यही कामना
जन्म दिनको तिमीलाई धेरै धेरै शुभकामना।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...