Wednesday, March 31, 2010

फेरी आयो नयाँ बर्ष

सबैको घर दैलोमा,
मन मष्तिष्कमा
र परिवेशमा
सफलता र सुस्वास्थ्यको
कामना गर्दै।
हरेक बर्ष जस्तै
फेरी आयो नयाँ बर्ष।

फूलदानीमा सजाइएको फूल जस्तै
रंगीन सपना बोकेर,
सगरमाथाको चुचुरो छुने सहास बटुलेर
मन भित्र हर्ष र उल्लास भरेर
प्रत्येक बर्ष यसरी नै आउने गर्छ
नयाँ वर्ष।

अभावै अभावले खोक्रिए पनि
काकाकुकलको जस्तै तिर्खा नमेटिए पनि
मृग तष्णा हो यो
केही पाउने आशमा
मनभरी पलाएका खुशीका लहरहरूसंगै लहरिदै
आउने यो नयाँ वर्ष
सधै उस्तै लाग्छ।

डाँडापाखामा फूलेका लालीगुराँसको रंग लिएर
जाईजुई र सुनगाभाको सुगन्ध बटुलेर
सबैको जीवनमा सुवास र रंग छर्ने सपना बोकेर
फेरी आयो नयाँ वर्ष

तर,
यसपालिको नयाँ बर्ष
पहिलेको भन्दा
फरक ढंगले
फरक परिवेशमा
आएको छ
विचारको प्रवाहसंगै
नयाँ संविधानको ठेलीमा
नेपाल र नेपालीको भविष्य लेखेर
नयाँ नेपाल निर्माणको अबधारणा
साकार पार्ने
नयाँ सोंच लिएर
आएको छ नयाँ बर्ष।

स्वागत छ नयाँ वर्ष
विगत जस्तो अन्योल, अशान्ति र तनाव
अभाव, महङ्गी र पीडा
सबै छोडेर
शान्ति, अमन चयन र खुशी
प्रेम, सदभाव र मित्रताको पवित्र भावना बोकेर
आऊ नयाँ बर्ष
स्वागत छ।
हिंसाको अन्त्य गर्दै
भाइचाराको संवन्ध जोडेर
मायाको बीज रोपिदिन,
अपनत्वको भावना जगाई
सुन्दर शान्त नेपालको भविष्यको कामना गर्दै
आऊ नयाँ बर्ष
स्वागत छ।

[नेपालीपोष्ट.कम मा प्रकाशित]

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...