Tuesday, March 26, 2013

गजल ६५: खेलौं होली यो धर्तीको शुद्ध माटोसंग

खेलौं होली यसपाली नमिसाई रंग
एक मुठ्ठी यो धर्तीको शुद्ध माटोसंग।।

इन्द्रेणीले सातै रंग छरे पनि यहाँ
पखालियो रगतले हुँदा ठूलो जंग।।

कथा जस्तै भयो हाम्रो यो देशको हाल
त्यसैले त आजभोली छैन मन दंग।।

चाहँदैन रंग खेल्न यो दुखेको मन
मन जस्तै दुखेको छ आज सारा अंग।।

हुतिहारा नेतासंग नभएर ढंग
नयाँ नेपालको स्वप्न हुने भयो भंग।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...