Monday, October 15, 2012

गजल ५९: दशैको बेला

२०६९ सालको विजया दशमीको सुखद उपलक्षमा संपूर्ण साहित्यक मनहरुलाई हार्दिक मंगलमय शुभकामना सहित यो गजल:

प्रसन्न रहोस् सबैको मन दशैको बेला यो
निरोगी बनोस् सबैको तन दशैको बेला यो।।

हटेर जाओस मनको मैलो प्रेमको भावले
मिलेर बसुन नेपाली जन दशैको बेला यो।।

संकट हटोस् यो देश बाट चाहना यही हो
नभए शान्ति के होला भन दशैको बेला यो।।

जमरा टिका आशिष ठूलो बडाले दिएको
नदुखाउ मन चाहिन्न धन दशैंको बेला यो।।

थाप्नु है आशिष बाँडेर खुशी आफन्त जुटेर
नगर  दंगा सहनशील बन दशैको बेला यो।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...