Sunday, November 27, 2011

गजल ४४

सधैभरी आशा मात्र लिई नबसौं
बिश्वासमै सबै कुरा दिई नबसौं।।

अमूल्य छ यो जीवन फेरी मिल्दैन
पाएँ त्यसै भनी धेरै पीई नबसौं

आपसमा बाँडौ कुरा सुख दु:खका
मनमा पीडा लुकएर सिई नबसौं।।

कर्म गरे  मिल्छ फल हुन्न बसेर
मरीतुल्य तुच्छ बनी जीई नबसौं।।

पौरखले हराभरा पार्छ जीवन
कोपीलामै सुकाएर खीई नबसौं।।

Thursday, November 17, 2011

गजल ४३

नभन न जिन्दगीको  कुनै रंग छैन
यो जीवन रंगाउने हाम्रै ढङ्ग छैन।।

सधैभरी तनाब र अस्त ब्यस्त मात्र
खुशीसंग बाच्ने कला हामीसंग छैन।।

मान्नु पर्छ आँशु पनि जीवनकै पाटो
हाँसो मात्र पाए पनि  मन दङ्ग छैन।।

के छैन र हामीसंग टिप्न सक्नु पर्छ
अँजुलीमा खुशी फूल्दा खै उमङ्ग छैन।।

रिस, राग, दम्भ अनि हठ छाडेपछी
आपसमा लड्नु पर्ने कुनै जङ्ग छैन।।

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...