अक्षता र फूल-पाती यति भए पुग्छ
मनमा श्रध्दा विश्वास राखी आइदिए हुन्छ
सन्तान र आमाको हो तिम्रो मेरो नाता
पशुपंक्षी बली नदेउ भन्छिन् दुर्गे माता।
माया जस्तो ठूलो कुरा के छ अरु दिने
सोच्नुहुन्न कहिलेपनि अरुको प्राण लिने
सबैको म संरक्षक हुँ छैन अर्को नाता
पशुपंक्षी बली नदेउ भन्छिन् दुर्गे माता।
निरीह ती पशुपंक्षी काटमार गरी
के को खुशी हुन्थे म र, मरीतुल्य सरी
आफ्नै सन्तान लडेका ती हेरुँ कताकता
पशुपंक्षी बली नदेउ भन्छिन् दुर्गे माता।
सक्छौ भने माया देउ बाँच्नलाई आधार देउ
सक्दैन ऊ बोल्न केही मनको कुरा बुझिदेउ
उसँग नि तिमी जस्तै बराबरी नाता
पशुपंक्षी बली नदेउ भन्छिन् दुर्गे माता।
कहिल्यै पनि मागिन है बली देउ भनी
तर किन बसिरह्यो कुसंकार बनि
तिम्रो रगत पिएपछि के रह्यो र नाता
पशुपंक्षी बली नदेउ भन्छिन् दुर्गे माता।
हत्या हिंसा त्यागे मात्र स्वस्थ्य समाज बन्छ
माया प्रेम बाड्न सके शान्ति घरमै आउँछ
भाइचाराको नातालाई फैलाऔँ आजैबाट
अभियान शुरु गरौं पहिले आफैबाट।
आशिर्वाद दिने मेरो तिमीसँग नाता
पशुपंक्षी बली नदेउ भन्छिन् दुर्गे माता
सन्तान र आमाको हो तिम्रो मेरो नाता
पशुपंक्षी बली नदेउ भन्छिन दुर्गे माता।
अरुको ज्यान लिने कुकर्ममा लाग्दिन म भनि
गरौं प्रण आजैदेखि सुध्रिन्छु म भनि
शुभकामना सबैलाई यही मेरो पनि
भवानीले बनाउन् सबलाई सद्बुध्दिका धनी।
सबैलाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना!!!
[नेपालीपोष्ट.कम मा प्रकाशित]
Monday, September 27, 2010
Subscribe to:
Posts (Atom)
ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...
-
यौटा पाङ्ग्रा पुरुष हो अर्को नारी जानी चलाउनु पर्छ रथ बराबरी तानी।। विस्वास र भरोसाको गोरेटोमा हिड्न एक अर्काको मान राख्ने हुनु पर्छ बा...
-
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...
-
(Dedicated to my lovely son, Aagat Awasthi, on his 24th birthday, and to all his age-group-peers, whose birthday falls on 21st March.) ति...