Monday, August 22, 2011

गजल ३९

काँडा बिच फुल्छ गुलाब तर सधै हाँसेको छ
फक्रिएको यौवन लिई उसकै साथ बाँचेको छ।।

देखिन्न खै निरास ऊ पीडा साथ भएपनि
काँडासंग पनि उस्तै मिठो माया गाँसेको छ।।

सदभाव भए  सबैलाई आफ्नै हीत देखिन्छ रे
माया गरी गरी उसले बैरभाव मासेको छ।।

आँखिर भोली झर्नै पर्छ अजम्बरी को छ यहाँ
सबैलाई सुख बाँडी आफ्नो दु:ख नासेको छ।।

सिकौं हामी पनि उसको जिउने कला कति राम्रो
दु:ख संग प्रीत गाँसी खुशीहरु साँचेको छ।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...