मलाई पनि तिमी जस्तै स्वतन्त्र भएर हिड्न मन लाग्छ
तर मेरा गोडा मात्र बाधिएका छैनन्
संकार र सामाजिक बन्धनले
हरेक पक्षबाट जेलिएकी छु म
फुत्किनै नसक्ने गरी
बेरिएकी छु म
म सोंच्छु, मनन गर्छु
आखिर मलाइ मात्र किन अंकुस
तिमी त स्वतन्त्र छौ मलाई मात्र किन बन्धन ?
आदर्शका नारा जति घन्काए पनि
जति हडताल विरोध र प्रदर्शन गरे पनि
वास्तविकता रित्तै छ
जति वकालत गरे पनि
हात लाग्यो जिरो
हातमा फाइल बोकेर हक हितका लागि वकालत गर्न हिड्नेहरु
आफै पीडित छन् थाहा नपाउने गरी
किनकी,
तिम्रो सोच बदलिएको छैन
संकारका नाममा धब्बा बनेका कुसंकारहरू
मेटिएका छैनन
तिम्रो मन फेरिएको छैन
अनि कसरी फेरिन सक्छ मेरो परिवेस ?
तिमी एकैछिन म भएर बाँच
मेरा रहरहरू आफु भित्र सांच
मेरो जीवन भोगेर हेर
मेरो पीडा सहेर बस
अनि मात्र तिम्रो मन फेरिन सक्छ
मेरो परिवेस सहज हुन
तिम्रो सोंच बदलिनु पर्छ
तिम्रो मन फेरिनु पर्छ।।।
[नेपालीपोष्ट.कम मा प्रकाशित]
Subscribe to:
Post Comments (Atom)
ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...

-
तिमीलाई तिर्खा लागे मेरो घाँटी सुक्छ बाबु तिमीलाई भोक लागे मेरो गाँस रुक्छ बाबु।। पढी गुनी ज्ञानी बनी फर्क आफ्नै देश संझी तिमी टाढा हुँ...
-
कहिले यो मन पथ्थर जस्तो कहिले शीशा जस्तो कहिले हुन्छ फूल जस्तो किन हुन्छ यस्तो? घरी घरी रुन्छ यो मन कहिले हाँसिरहन्छ कहिलेकाहीं दुख्दा खेरी...
-
यौटा पाङ्ग्रा पुरुष हो अर्को नारी जानी चलाउनु पर्छ रथ बराबरी तानी।। विस्वास र भरोसाको गोरेटोमा हिड्न एक अर्काको मान राख्ने हुनु पर्छ बा...

No comments:
Post a Comment