माया गर्छु भन्दा भन्दै किन आँशु झार्यौ भन
मेरो झुप्रो छोडी किन अर्कै डेरा बार्यौ भन।।
हिजो सम्म ढकमक फुलिराथ्यो तर आज
यो डालीको थुँगा टिपी कुन डालीमा सार्यौ भन।।
भन्थ्यौ सधै हेरी राख तिम्रो मन भित्र फुल्छु
हेर्दा हेर्दै तर किन अर्कै बाग चार्यौ भन।।
तिमी बिना अडिदैन मेरो मन कतै पनि
थाहा थियो सबै फेरी किन एक्लै पार्यौ भन।।
संगै बाच्ने संगै मर्ने भनी बाचा गरेकोहो
आफु बाँची मलाईचै किन अघि मार्यौ भन।।
फड्को मारी हिड्यौ तिमी दाउ हात परे पछी
जित तिम्रै हुनु पर्थ्यो तर किन हार्यौ भन।।
Monday, March 28, 2011
Subscribe to:
Post Comments (Atom)
ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...

-
तिमीलाई तिर्खा लागे मेरो घाँटी सुक्छ बाबु तिमीलाई भोक लागे मेरो गाँस रुक्छ बाबु।। पढी गुनी ज्ञानी बनी फर्क आफ्नै देश संझी तिमी टाढा हुँ...
-
कहिले यो मन पथ्थर जस्तो कहिले शीशा जस्तो कहिले हुन्छ फूल जस्तो किन हुन्छ यस्तो? घरी घरी रुन्छ यो मन कहिले हाँसिरहन्छ कहिलेकाहीं दुख्दा खेरी...
-
यौटा पाङ्ग्रा पुरुष हो अर्को नारी जानी चलाउनु पर्छ रथ बराबरी तानी।। विस्वास र भरोसाको गोरेटोमा हिड्न एक अर्काको मान राख्ने हुनु पर्छ बा...

No comments:
Post a Comment