Friday, May 11, 2012

गजल ५१

देशमा आएको अस्थिरताले मन साह्रै कुँडियो। यो तेरो र मेरो कहिले सम्म हो, अझै टुङ्गो लाग्ला जस्तो छैन। लामो विश्राम पछी  यो मनको बह यहँहरु समक्ष प्रस्तुत गरें।  

नपारौं न टुक्रा टुक्रा यति राम्रो फूलबारी
बसौं सबै मिलिजुली कोही वारी कोही पारी।।

साझा हाम्रो यो देश हो हामी सबै नेपाली हौं
बसेकै हो पुर्खौं देखी आपसमा माया गरी।।

मजबुत पारौ अझै भाइचारा यो संबन्ध
छर्नु हुन्न झगडाको बिऊ अब घरी घरी।।

'भाइ फुटे गवार लुटे' आफैलाई घाटा होला
कैले पनि मिलिदैन  चाहा राखे थरीथरी।।

टुक्रै टुक्रा थियो पैले बाइसे र चौबिसे यो
बनाएथे पुर्खाले नै यौटै राज्य मरी मरी।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...