Sunday, November 7, 2010

तिमीलाई नमन गर्छु



संझनामा रह्यौ तिमी सधैभरी मेरो मनमा
पाउने छैन अब मैले तिमीलाई आफ्नो संगमा
म छु यहाँ तिमी कहाँ भेट हुन्न कहिले पनि
मान्दैन यो मन मेरो तिमी अब छैनौ भनी
अझैपनि संझना छ तिम्रो हात समाई हिड्थें
कसैले क्यै भन्यो भने पहिला तिमीलाई सुनाउँथे।

भाइटिकामा मलाई तिम्रो धेरै झल्को लाग्छ
सप्तरंगी टिका पनि रंग बिहीन लाग्छ
तिमीलाई मन पर्ने मखमली माला अनि
हाडे बदाम, ओखर र सेलरोटी देख्दा पनि
अनायासै झर्छ आँशु चिरा चिरा हुन्छ मन
केही गरे नि सक्दिन म आफ्नो चित्त बुझाउन।

तिहारको रमझम र झिलिमिली देख्दा मलाई
धुरू धुरू रुन्छ मन बारंबार संझी तिमीलाई
कहिले लाग्छ ढोकाबाट तिमी भित्र पसे जस्तो
कहिले लाग्छ मेरै नजिक हाँस्दै आई बसे जस्तो
विधिको यो विधानले तिम्रो मेरो विछोड भयो
भाइटिकाको दिन मेरो सधैलाई रित्तो भयो।

तिम्रो हात शिरमाथि राख्न नपाएनि
आशिर्बाद देउ मलाई टाढै गए पनि
शान्ति मिलोस् तिमीलाई जहाँ भएपनि
भेट होस हाम्रो फेरी अर्को जुनी पनि
श्रध्देय भई बस्यौ मनमा सधै तिमीलाई नमन गर्छु
उनी यिनै शब्दका माला श्रध्दा सुमन चढाउँछु।

(मेरा आदरणीय दाज्यु स्व. हिरेन्द्र राज पन्तमा समर्पित)
२०६७। ७।२१ भाइटिका


[नेपालीपोष्ट.कम मा प्रकाशित]

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...