Sunday, January 23, 2011

गजल ६

तिम्रो मुटु नजिक मलाई सर्न मन लाग्यो
तिम्रै आँखा वरिपरी चर्न मन लाग्यो।।

तिम्रा दु:ख पीडा सबै उखेलेर फाली
रंगीचंगी फूलको बिऊ छर्न मन लाग्यो

नौनी जस्तै कोमल तिम्रो त्यो ह्रदय भित्र
मह जस्तै मिठो रस भर्न मन लाग्यो।।

मन मिल्ने मान्छेलाई आफ्नो नजिक पाउँदा
फुकाएर मनका कुरा गर्न मन लाग्यो।।

बीच बाटोमा तिमीले मेरो हात समाई दिदा
तिमीसंगै जीवन डुङ्गा तर्न मन लाग्यो।।

1 comment:

  1. मिठो गजल निर्मला जी.....

    ReplyDelete

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...