के हुनु र मस्तिष्कमा सबै खाली खाली
सोच्नै केही सकिएन नेता परे जाली।।
बिकास र योजनाका काम ठप्प पारी
खाने बेला सबै मिली बजाउँछन ताली।।
काम केही नगरेरै खान्छन तलब भत्ता
त्यही भएर थप्पड दिदां गर्छन उल्टै गाली।।
पदको लागी मरीहत्ते गर्छन सबै दल
सकेनन् कोही जिताउन आफ्नो मत हाली।।
विदेश जान पर्यो भने नाता गोता खोजी
जान्छन् सबै हुल बाँधेर देशकै इज्जत फाली
फोहर मैला जताततै दुर्गन्धित भो सबै
स्वच्छ बग्ने बागमती नि बनाइहाले नाली
गोजी भर्ने होडबाजी हो छैन देशको माया
यो भूमीलाई जोगाउन चाहियो राम्रो माली।।
Wednesday, January 26, 2011
Subscribe to:
Post Comments (Atom)
ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...

-
तिमीलाई तिर्खा लागे मेरो घाँटी सुक्छ बाबु तिमीलाई भोक लागे मेरो गाँस रुक्छ बाबु।। पढी गुनी ज्ञानी बनी फर्क आफ्नै देश संझी तिमी टाढा हुँ...
-
कहिले यो मन पथ्थर जस्तो कहिले शीशा जस्तो कहिले हुन्छ फूल जस्तो किन हुन्छ यस्तो? घरी घरी रुन्छ यो मन कहिले हाँसिरहन्छ कहिलेकाहीं दुख्दा खेरी...
-
यौटा पाङ्ग्रा पुरुष हो अर्को नारी जानी चलाउनु पर्छ रथ बराबरी तानी।। विस्वास र भरोसाको गोरेटोमा हिड्न एक अर्काको मान राख्ने हुनु पर्छ बा...

No comments:
Post a Comment