तिम्रै नजिक आई अब बसिदिन सक्छु
थाहै नदिई तिम्रो मनमा पसिदिन सक्छु ।।
मलाई छोडी अन्त कतै जान खोज्यौ भने
बाहुपासमा तिमीलाई कसिदिन सक्छु ।।
तिमी भन्छौ भने कुनै डर छैन मलाई
भीरै बाट भएपनि खसिदिन सक्छु।
माया गर्दा गर्दै पनि गलत अर्थ लाए
भर छैन फेरी हेर डसिदिन सक्छु ।।
यति गर्दा फेरी पनि तिमीले मुख मोडे
आखिरमा खरानी नै घसिदिन सक्छु ।।
Thursday, January 27, 2011
Subscribe to:
Post Comments (Atom)
ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...

-
तिमीलाई तिर्खा लागे मेरो घाँटी सुक्छ बाबु तिमीलाई भोक लागे मेरो गाँस रुक्छ बाबु।। पढी गुनी ज्ञानी बनी फर्क आफ्नै देश संझी तिमी टाढा हुँ...
-
कहिले यो मन पथ्थर जस्तो कहिले शीशा जस्तो कहिले हुन्छ फूल जस्तो किन हुन्छ यस्तो? घरी घरी रुन्छ यो मन कहिले हाँसिरहन्छ कहिलेकाहीं दुख्दा खेरी...
-
यौटा पाङ्ग्रा पुरुष हो अर्को नारी जानी चलाउनु पर्छ रथ बराबरी तानी।। विस्वास र भरोसाको गोरेटोमा हिड्न एक अर्काको मान राख्ने हुनु पर्छ बा...

No comments:
Post a Comment