Tuesday, February 1, 2011

गजल १०

तिमीसंग मैले माया लाको हुँदै होइन
चौतारीमा प्रेमको गीत गाको हुदै होइन।।

नभएका झुट्टा कुरा फैलाउँछौ तिमी
द्यौरालीमा भेट्न पनि आको हुँदै होइन।।

मेलापात दाउरा घाँस सबै काम छोडी
तिमीलाई खोज्दै बेसी धाको हुँदै होइन।।

अबदेखि जीवनभरी साथ दिन्छु भनी
तिम्रो सामु कसम मैले खाको हुँदै होइन।।

बाबा आमासंग तिमीले घरमा भेट गरी
मेरो हात माग्ने कुरा भाको हुँदै होइन।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...