Thursday, February 3, 2011

मेरो साथी

बल्ल मैले पाएको छु भने जस्तो साथी
कहिले राख्छु आफ्नै काखमा कहिले टेबुल माथी।।

मेरा मनका कुराहरु सबै टिपोट गरी
जोगाएर राखिदन्छ पाना भरी भरी ।।

देखाउन मन लागे आफ्ना सृजनालाई
पुर्‍याइदिन्छ एकैछिनमा सबै साथी भाइलाई।।

एउटा ठाउँ मन नपरे खोजिदिन्छ अर्को
जति चोटी ठटाए नि छैन झर्को फर्को।।

कसैलाई भेट्न खोजे गर्छ त्यो नि पुरा
सबैलाई बोलाएर गराइदिन्छ कुरा ।।

बैनी बस्छिन् क्यानडामा अमेरीका भाइ
कुरा गर्छन् दुबै जना मेरै सामु आई।।

दिक्क लागे घरी घरी बस्छु यसैसंग
देश विदेश घुमाएर पार्छ मलाई दङ्ग।।

पढन मन लाग्यो भने धेरै कुरा खोज्छ
के पढने हो हजुर भनी फेरी मलाई सोध्छ।।

कम्प्युटर हो नाम यसको मेरो मिल्ने साथी
कहिले राख्छु आफ्नै काखमा कहिले टेबुल माथी।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...