Wednesday, February 9, 2011

गजल ११

बैंशालु त्यो यौवनमा जवानीको मात थियो
तिमी एक्लै म नि एक्लै त्यो जुनेली रात थियो।।

चकमन्न भएपछि मेरो छेउ आयौ तिमी
उस्तै उस्तै दूई आत्माको मिलनको बात थियो।।

गुम्सिएर बसेका ती भित्र भित्रै ब्यथाहरु
बिसाउन नपाएर मनमा ठूलो खात थियो।।

तिमी सामु देखेपछी मेरो होस हराउँदा
अँगालोमा थामी राख्ने तिम्रै कोमल हात थियो।।

चेत मेरो नआउँदै तिमीले आफ्नै काखमा लिई
अंग अंग छोइदिनु यो चाहीं ठूलो घात थियो।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...