Sunday, February 13, 2011

गजल १२

मैले जस्तै तिमीले पनि माया गरे हुन्थ्यो
कहिले काहीं साँझपख बेसी झरे हुन्थ्यो।।

स्थीर छैन यो मनलाई कति डुलाई राखु
त्यो मन पनि बरु अब यतै सरे हुन्थ्यो।।

तिम्रो भन्दा मेरो पनि कम्ति छैन माया
माना पाथी ल्याई बरु ऐले भरे हुन्थ्यो।।

वारि म छु पारी तिमी भेट त्यसै हुन्न
आँट गरी तिमीले नै खोली तरे हुन्थ्यो।।

दुबै जना संगै संगै मिली बस्नलाई
आइपरेका बाधाहरु सबै टरे हुन्थ्यो।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...