Thursday, March 3, 2011

गजल १५

राख तिम्रो आँखा भित्र नानी बनी बस्छु
तिम्रो तिर्खा मेटाउने पानी बनी बस्छु।।

कुलतमा तिमीलाई पर्न दिने छैन
तिम्रा सबै राम्रा राम्रा बानी बनी बस्छु।।

जीवनको अन्त्यसम्म तिमीलाई दिन
नरित्तिने मायाको म खानी बनी बस्छु।।

अरू केही दिने कुरा छैन मेरो साथ
तिम्रीलाई माया दिई दानी बनी बस्छु।।

कहिले पनि तिमीसंग टाढा हुने छैन
अब सधै तिम्रै मनकी रानी बनी बस्छु।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...