Thursday, March 17, 2011

गजल १७

आऊ सबै खेलौं अब एकै ठाउँमा होली
पूर्व मेची महाकाली सबको माया घोली ।।

यो देश हो हामी सबको फूलबारी साझा
टुक्र्याउन हुन्न यसलाइ जोडौं दिल खोली।।

वैरभाव गरी यहाँ के पो लानु छ र?
छोडी सबै जानु पर्छ आज हो कि भोली।।

जानु पर्छ रित्तै अरू लाने चिज छैन
जान्छ भने हाम्रो साथ त्यही मिठो बोली।।

उही देश उही माटो धारा पानी साझा
बेग्ला बेग्लै गुठ हैन बनौं एउटै टोली।।

शान्ति,प्रेम,सदभावको मिसाएर रंग
आपसमा मिली खेलौ रंङ्गिचङ्गी लोली ।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...