Monday, March 21, 2011

जन्मदिनको शुभकामना

Dedicated to my lovely son, Aagat Awasthi (on his 23rd Birthday) and to all his age-group-peers, whose birthday is on the 21st March.

सधै तिमी हिडिराख प्रगतिको बाटो
नबिर्सेर कहिले पनि यो देशको माटो
माटो भए आफु हुन्छु भन्ने कुरा जान
आफ्नो धर्ती स्वर्ग भन्दा राम्रो हुन्छ मान।
फल फूल यही धर्तीमा गर्छु यही कामना
जन्मदिनको तिमीलाई धेरै धेरै शुभकामना!!!

ज्ञानी बनी गर्‍यौ भने सधै असल काम
त्यही कामले राख्छ तिम्रो, देश र कूलको नाम
ज्ञानको ज्योति बलोस् सधैं तिमी हिड्ने बाटोमा
सधैभरी रमाउ तिमी यै धर्तीको माटोमा।
निरोगी भै बाँच तिमी गर्छु यही कामना
जन्मदिनको तिमीलाई धेरै धेरै शुभकामना!!!

खराब संगत,रक्सी, चुरोट, जुवा अनि तास
कुलत हो यो जीवनलाई गर्छ विनास
त्यस्तो तिर कहिल्यै पनि नलगाई मन
देशको शीर उचा राख्ने असल मान्छे बन।
खुशी छाओस् जीवनमा गर्छु यही कामना
जन्मदिनको तिमीलाई धेरे धेरे शुभकामना!!!

जीवनमा कहिले पनि नहोस् तिम्रो हार
थाम्न सक जति पनि यो धर्तीको भार
सन्तती हुन ठुलो आड बाबु आमालाई
गर्ब गर्छौ तिमी जस्तो असल पुत्र पाई।
विश्वलाई जित तिमी गर्छु यही कामना
जन्मदिनको तिमीलाई धेरे धेरे शुभकामना!!!

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...