Monday, March 21, 2011

गजल १८

इतिहासको पाना भित्र दसी हेर कस्तो हुन्छ
वीर शहीद नाम लेख्ने मसी हेर कस्तो हुन्छ।

जीवन दान गरी लडे बिर्सी दिए ऐले सबै
राजनीतिको फन्दा भित्र फँसी हेर कस्तो हुन्छ।

जालसाजी छ जता ततै काम गर्ने मरी राछ
अत्याचारको पीडा भित्र पसी हेर कस्तो हुन्छ।

आन्दोलनको मर्म बुझी सबै एक भए पछी
रातो सिंदुर बिजयको घसी हेर कस्तो हुन्छ।

नेपाललाई माया गर्ने सबै मन एक भई
बाहुपासको डोरी जोडी कसी हेर कस्तो हुन्छ।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...