Wednesday, April 6, 2011

गजल २१

तिमीलाई ओत दिने पाली बन्न पाए
तिम्रो खाना राखिदिने थाली बन्न पाए।।

दु:ख सबै उखेलेर फालिदिने थिएँ
हेरचाह गर्ने तिम्रो माली बन्न पाए।।

गुन्जाउँथे रनबन लेक देखि बेशी
तिमी गीत म चैं त्यस्को ताली बन्न पाए।।

जाई,जुई,गुराँसमा माया मिसाएर
तिम्रो जीवन रंगाउने लाली बन्न पाए।।

सह बनी बसिदिन्थे सधै भकारीमा
तिम्रो हात्ले भित्र्याउने बाली बन्न पाए।।

1 comment:

  1. Top 12 online game providers for 【Google Play】
    Top 12 online game providers for you to play! Top 12 online game 우리카지노 providers for you to play! Top 12 online game providers for you to play! Top 12 online List includes 선시티카지노 free spins for the three-headed dragon

    ReplyDelete

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...