Tuesday, April 12, 2011

'शुभकामना' नयाँ वर्ष २०६८ को (गजल २३)

नयाँ बर्ष २०६८ सालको मंगलमय विहानीले यहाँहरूको जीवनमा उज्यालो छरोस्। तन मन र बिचार स्वस्थ्य रहोस् ।गाँस बास र कपासको अभाव नहोस्। नराम्रा कुरा कानले सुन्न नपरोस्। नराम्रा कुरा आँखाले हेर्न नपरोस्। मुखले दुर्बाच्य बोल्न नपरोस्।पाइला सधै प्रगति पथमा लम्किरहुन र हातले सधै सिर्जनशील काम गरोस भन्ने चाहना सहित मंगलमय शुभकामना संपूर्ण साथीहरूलाई। बाँकी कुरा यो गजल मार्फत ब्यक्त गरे। यहाँहरूलाई कस्तो लाग्यो? कृपया आफ्नो प्रतिक्रिया दिनुहुन संपूर्ण अग्रजहरू तथा गजल प्रेमीहरूलाई विनम्र अनुरोध गर्दछु। धन्यवाद।

आफै ठूलो हुने बानी छोड्न मन लागोस
घात गर्ने अहम् पनि तोड्न मन लागोस।।

तेरो मेरो भनी सधै भाग भण्डा गर्ने
साघुरो यो मनलाई मोड्न मन लागोस ।।

अशान्तिले तहस नहस भयो सबै तिर
शान्ति रोक्ने अबरोध फोड्न मन लागोस।।

सप्रिएन देशको हालत झारपात बढ्यो
बरु सबै मिलीजुली गोड्न मन लागोस।।

कति बस्नु उकुस मुकुस आँखा तरी तरी
भाइचाराको नाता फेरी जोड्न मन लागोस।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...