कसैलाई दु:खी पार्ने गजल अब लेख्दिन भो
आफ्नो पीर अन्त सार्ने गजल अब लेख्दिन भो।।
लेखुँला म गीत बरु तिमीलाई हँसाउने
तर तिम्रो आँशु झार्ने गजल अब लेख्दिन भो।।
पस मेरो आँखा भित्र बस सधै नानी बनी
तिम्रो मेरो माया मार्ने गजल अब लेख्दिन भो।।
रहर हैन बाध्यताले विदेशमा पुग्यौ कठै
मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो।।
जीवनमा आँशु भन्दा हाँसो धेरै पाएको छु
त्यसैले त बाजी हार्ने गजल अब लेख्दिन भो।।
Saturday, April 16, 2011
Subscribe to:
Post Comments (Atom)
ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो
ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...

-
तिमीलाई तिर्खा लागे मेरो घाँटी सुक्छ बाबु तिमीलाई भोक लागे मेरो गाँस रुक्छ बाबु।। पढी गुनी ज्ञानी बनी फर्क आफ्नै देश संझी तिमी टाढा हुँ...
-
कहिले यो मन पथ्थर जस्तो कहिले शीशा जस्तो कहिले हुन्छ फूल जस्तो किन हुन्छ यस्तो? घरी घरी रुन्छ यो मन कहिले हाँसिरहन्छ कहिलेकाहीं दुख्दा खेरी...
-
यौटा पाङ्ग्रा पुरुष हो अर्को नारी जानी चलाउनु पर्छ रथ बराबरी तानी।। विस्वास र भरोसाको गोरेटोमा हिड्न एक अर्काको मान राख्ने हुनु पर्छ बा...

No comments:
Post a Comment