Tuesday, April 19, 2011

गजल २५

एउटी नारीको बेदना सुनेपछी अनायासै यस्तो गजल फुर्‍यो। यहाँहरुलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया राखिदिनुहुन अग्रजहरू तथा गजल प्रेमी सबैलाई विनम्र अनुरोध गर्दछु। विदेशमा बस्नुहुने साथीहरुले अन्यथा नलिदिनु होला। धन्यबाद।

सबै कुरा बिर्स्यौ अरे टाढा गई बसेपछी
आफ्नी काली संझन्नौ रे गोरीसंग फँसेपछी।।

सुन्छु तिम्रो घरजम पनि उतै हुने भयो
छाड्न मन लागेन रे पिरतीले कसेपछी।।

डाँडाकाँडा चढ्नु पर्ने खान पनि दु:ख थियो
सुख पाएँ भन्छौ अरे विदेशमा पसेपछी।।

भन्थ्यौ तिमी फूल जस्ती हेरिरहु जस्तो लाग्छ
देख्यौ राम्री उसैलाई लाली पाउडर घसेपछी।।

म पनि त किन बस्नु कुरी तिम्रो घरबारी
द्यौता मानी पुजेपनि सर्प बनी डसेपछी।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...