Saturday, April 23, 2011

गजल २६

सम्पूर्ण अग्रज स्रष्टा तथा गजलप्रेमीहरूलाई कमीकमजोरी औँल्याइदिनु हुन अनुरोध गर्दछु।

थप्पड खाने डरले नेता छलेर हिड्दैछन्
खानेले खाए नपाउने चाही जलेर हिड्दैछन्।।

देशको पीर केही छैन तिनलाई लुटेर खानु छ
भातको साटो पिउँछन् रक्सी ढलेर हिड्दैछन्।।

गुनिलो काम गरे पो मिल्छ ताकत शरीरलाई
ठगेर खाको पचेन क्यारे गलेर हिड्दैछन।।

के लाज भो र राहदानी पनि बेचेर अरुलाई
पैसाको लागी आफैलाई जोखिम मलेर हिड्दैछन्।।

मलिन थियो जीवनको दीयो थिएन भरोसा
हिजोको आजै झल झल हुँदै बलेर हिड्दैछन्।।

सुकेको बुटो झरेका पात थिएनन् कोपिला
गजबै भयो आज त फेरी फलेर हिड्दैछन्।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...