Tuesday, May 3, 2011

आमा

मेरी जन्मदाता आमा आज यो संसारमा हुनुहुन्न तर उहाँको न्यानो स्पर्षको अनुभुति अझै ताजा छ। आज मातातिर्थ औसीं, आमाको ममतासंग जोडिएको विषेश दिन। यसै अवसरमा श्रध्दा सुमन स्वरुप यी हरफ मेरी आमालाई। मायाकी खानी संपूर्ण आमाहरूलाई लाख लाख शुभकामना!!!



"आमा सरी अरु तीर्थ हुदैनन् रे भन्छन्
ईश्वर पनि आमा भन्दा ठुला छैनन् भन्छन्।
तिम्रो माया बराबरी कुनै बस्तु छैन
ईश्वरको सृष्ठिमा नै अर्को श्रेष्ठ छैन।।
सगरमाथा भन्दा पनि चुली मेरी आमा
देउता भन्दा कति गुना ठूली मेरी आमा।।"

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...