Friday, May 6, 2011

गजल २७

दियौ बिष ल खा भनी समाएर पिएँ मैले
त्यही बिष पचाएर हाँसी हाँसी जिएँ मैले।।

तिमीलाई दिन भनी साँचेको त्यो माया पनि
मुटु सबै रित्याएर भए जति दिएँ मैले।।

तिम्रो साथ मेरो बल भन्दै दु:ख सहीरहें
मन फाट्दा तिम्रै लागी सयौं चोटी सिएँ मैले।।

सधैभरी अघि बढ सफलता चुम तिमी
तिम्रा सारा बाधाहरु बटुलेर लिएँ मैले।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...