Saturday, May 14, 2011

गजल २८

कति बस्छौ आगो बनी
हुनु पर्छ पानी पनि।।

दम्भलाई त्याग्नु पर्छ
सधै यस्तै हुन्न भनी।।

जीवनको रीत यस्तै
कोही दीन कोही धनी।।

थाहा छैन अन्त्य कस्तो
बस्नु पर्ला दिन गनी।।

आँखिरमा सबैलाई
जानै पर्ने होलातनी।।

No comments:

Post a Comment

ऊ केही गर्दिन, ऊ हाउस वाइफ हो

ऊ केही गर्दिन ऊ हाउस वाइफ हो। उसले हाउस् वाइफ भन्ने शब्द सुनेकी मात्र हो अर्थ बुझेकी छैन उसको श्रीमानले उसको परिचय यसरी नै दिने गरेक...